सिन्धुपाल्चोक बस दुर्घटना अपडेट: दुई जना मृतकको पहिचान खुल्यो
दोलखा | बैशाख ७, २०८१
दोलखा: दोलखाको भीमेश्वर नगरपालिका–१ सुस्पाबाट जन्ती लिएर जाँदै गरेको बस सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–५ तौथलीको धारावतीमा आज बिहान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भीमेश्वर नगरपालिका–१ का मानबहादु थामी र शिव श्रेष्ठ रहेका छन् भने अर्का एक जनाको पहिचान खुल्न बाँकी रहेको घटनास्थलबाट भीमेश्वर नगरपालिकाका मेयर ईश्वर नारायण मानन्धरले जानकारी दिनुभयो ।
यो पनि पढ्नुहोस
सोहि बसमा सवार दुलाहाको अवस्था सामान्य रहेको र घाइते २५ जनालाइ खाडिचौरस्थित सदाबहार अस्पताल लगिएको छ । बाँकीको अवस्था सामान्य रहेको त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर ४ पिस्करका वडा अध्यक्ष टेकबहादुर गुभाजुले जानकारी दिनुभयो ।
पिस्करको मुलाबारीस्थित गोकुल थामीको छोरीको बिबाहमा जन्ति लिइ आएको बस बेहुलीको घर देखि आधा घन्टाको दुरी नजिक आइपुग्दा दुर्घटना भएको हो ।
बिहीबार परेको पानीले सडक बिगारेका कारण बस अनियन्त्रित भएर सडकबाट एक सय मिटर तल खसेको हुन सक्ने अनुमान गरिएको छ ।
काठमाडौं: नेकपा (एमाले) को ११ औं महाधिवेशनबाट निर्वाचित हुनुभएका पदाधिकारी तथा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । महाधिवेशनले सामयिक राजनीतिक प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ। भक्...
पोखरा: गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले सूचना, प्रविधि र सञ्चारबिनाको विकास अब सम्भव नभएको बताएका छन्। नेपाल टेलिकम वर्कर्स युनियनको १२ औँ महाधिवेशनक...
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं तत्कालीन गोर्खा मिडियाका प्रबन्धक निर्देशक रवि लामिछानेलाई धरौटीमा छाड्ने आदेश दिइएको छ । बिहीबार (पुस ३) उच्च अदालत तुलसीपुरको बुटवल इजलास...


